२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, मंसिर ०३, २०७७    ८:५७:०४

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।

एक मन्त्रीले दिएको जानकारीअनुसार आज मन्त्रिपरिषद बैठक बस्ने खबर आएको छ।

सातामा प्राय: सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ। यसपटक सोमबार तिहार परेको थियो।

आजै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि सचिवालय बैठक बस्दैछ। दिउँसो १ बजे नेकपा बैठक बस्ने भनिएका बेला प्रधानमन्त्री ओलीले त्यही समय मिल्ने गरी मन्त्रिपरिषद बैठक राख्न लागेका हुन्।

नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए।

प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरिनुपर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ।

तर प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले सचिवालय बैठकमै छलफल हुनुपर्ने बताएका छन्।
नेकपाभित्र विवाद बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार फरकफरक समयमा अध्यक्षद्वय ओली र प्रचण्डसँग छलफल गरेकी थिइन्।

गत शुक्रबार नेकपा सचिवालय बैठकमा प्रचण्डले पेश गरेका प्रस्तावमाथि आज छलफल गर्ने सहमति थियो।

तर आजको सचिवालय बैठक सार्नुपर्ने पक्षमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र उनीनिकटका सचिवालय सदस्य छन्।

सचिवालय सदस्यसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अर्का अध्यक्ष प्रचण्डसँग भेटेका थिए। पौडेलले सचिवालय बैठक सार्न आग्रह गरेको स्रोतको दावी छ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ आज सचिवालय बैठक बस्ने पक्षमा छन्।

तर अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सचिवालय बैठक सार्ने पक्षमा छन्। प्रचण्डलगायत पाँच सचिवालय सदस्यहरूले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता होइन त्यसमै छलफल हुनुपर्ने अडान राखेका छन्।

पछिल्लोपटक बसेको स्थायी कमिटी बैठकका निर्णय मान्न प्रधानमन्त्री ओली तयार नभएकोजस्ता विषयमा प्रचण्डसहित पाँच सचिवालय सदस्य असन्तुष्ट छन्।

नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीले रोकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुष्ट भएका छन् । प्रचण्ड पक्षले कुनै हालतमा बैठक नरोक्ने अडान लिएकको छ ।

बैठक रोक्न ओलीको सन्देश लिएर महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल खुमलटार पुगेका थिए । उनले प्रचण्डसँग बैठक रोकेर सहमतिको प्रयास गर्न आग्रह गरेपनि प्रचण्डले अस्वीकार गरेको बुझिएको छ ।

ओली पक्षले प्रचण्डले प्रस्तुत गरेको छुट्टै प्रतिवेदन फिर्ता नगरेसम्म बैठक नराख्ने अडान लिएपछि यसबारे टकराव बढ्दै आएको छ । प्रचण्ड पक्षधरले भने कुनै हालतमा बैठक राख्ने तयारी गरेको छ ।

स्रोतका अनुसार प्रचण्डले धुम्बाराहीमा बैठक राख्ने तयारी गरेका छन् । उनले प्रचण्डलाई बैठकमा डाक्ने र नआएमा आफै अध्यक्षता गरेर अगाडि बढ्ने भएका छन् ।

प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले छलफल गरेर बैठक बसी स्थायी कमिटी डाक्ने तय गरेका छन् । १५ मंसिरमा केन्द्रीय कमिटी बैठक पनि बस्ने तय भएको छ । अब नेकपाभित्रको विवादको टुंगो पार्टी कमिटीबाट लगाउने गरी प्रचण्ड पक्षीय नेताहरु अगाडि बढेका छन् ।

सचिवालय बैठक रोक्ने ओलीको तयारीलगत्तै प्रचण्ड पक्षले बैठक गरेरै छाड्ने रणनीति लिएको छ । यसरी दुवै पक्ष एक अर्कालाई पेलेर जाने रणनीतिका साथ लागेका छन् । ओली र प्रचण्डको यो विवाद उत्कर्षमा पुग्दा नेकपा सचिवालय बैठक नबसेर फुटको खतरामा परेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com