२०७८ कार्तिक १०, बुधबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, मंसिर ०८, २०७७    २२:०१:३९

०८मंसिर,दमक/शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन ।

बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन । मन्त्री श्रेष्ठले त्यस अवसरमा दमकको भ्यूटावर देशभरमै पहिलो महत्वको भ्यू टावर भएको पनि उल्लेख गरे ।

मन्त्री श्रेष्ठले भने–यो भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यू टावर हो । मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी, मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारीहरु संलग्न थिए । मन्त्री श्रेष्ठसहितको सो टोलीलाई दमककी उपप्रमुख गीता अधिकारी, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना दमक ३ का वडाध्यक्ष नविन बराल सहित युवा नेता प्रविण पाठक लगायत स्थानीयहरुले फूलमाला लगाएर स्वागत गरेका थिए ।

भ्यू टावरको करिब ३० प्रतिशत काम पुरा भएको बताईएको छ । माटोको सतहमुनिको काम पुरा भएर माथिल्लो तहमा ढलाई गर्ने चरणमा रहेको सम्बद्ध निर्माण पक्षले जनाएको छ ।

राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा रहेको सो भ्यू टावर व्यवसायिक भ्यू टावर हो । चालू आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रुपैया विनियोजन गरिसकेको छ । त्यहा डेढ अर्ब भन्दा बढीको सरकारी लगानी रहनेछ ।

भ्यू टावर निर्माणको जिम्मा चिनिया कम्पनी जेसिडि आइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले लिएको छ ।भ्यू टावर निर्माणका लागि स्थानीयले ५ बिगाह जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् ।

१७तला पक्की संरचना बन्ने त्यसमाथि थप ७तलाको स्टिलको संरचना बन्ने जनाईएको छ । यो भ्यू टावर निर्माणपछि त्यहा विदेशी पर्यटकहरु समेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

त्यसअघि मन्त्री श्रेष्ठले दमकको निर्माणाधिन दमक सभा गृह , दमक बसापार्क र आजै गौरादह र गौरीगञ्जमा समेत मन्त्रालय अन्तर्गतका चालू तथा सम्पन्न भएका योजनाहरुको स्थलगत जानकारी लिएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com