दमक/ केही समययतादेखि दमकमा कोरोना संक्रमण अत्यन्त बढेको छ । विशेषगरी स्थानीय जनताहरुमा संक्रमण दर बढेको पाइएको छ ।
यसरी संक्रमण बढ्नुको मुख्य कारण भनेकै भीडभाडमा कार्यक्रम गर्नु र त्यहाँ मास्कको प्रयोग नगरी सुरक्षा निति नअपनाउनु नै रहेको छ ।
भर्खरै दमकमा शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले दमकको भ्युटावर क्षेत्र निरीक्षण गरेका थिए सोही कार्यक्रममा सहभागी दमककी उपमेयर तथा प्रवक्ता गीता अधिकारीले मास्क नै लगाएका थिइनन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी पनि बिना मास्क नै कार्यक्रममा सहभागी भएर तस्विर खिचाएका थिए ।
त्यस्तै दमक ३ का वडाध्यक्ष नविन बरालले भने मास्क लगाएको तर मास्कले मुख छोप्न नभइ च्युडो मात्र छोपिएको थियो ।
सरकारले मिनेट मिनेटमा सञ्चार माध्यमहरुबाट मास्कको प्रयोग गर्न र आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित गराऔ भन्ने व्यहोराको सूचना प्रवाह गरेको भए पनि दमकका स्थानीय जनप्रतिनिधिहरुले नै वेवास्ता गरी महामारीलाई अझ बढावा दिइएको पाइएको छ ।
दमक नगरपालिकाबाट ‘कोरोना संक्रमणबाट बच्न, मास्क, सेनिटाइजर लगाऔ’ भन्ने व्यहोराको सूचना प्रवाह गर्दै सूचनाको अन्तिममा दमकको प्रवक्ताका रुपमा आफै सही गरेर, गीता अधिकारी आफैले भने मास्क नलगाई कार्यक्रमहरुमा सहभागी हुनुले कोरोनाको महामारीमा दमकमा कति लापर्वाही छ भन्ने कुरालाई छर्लङ्ग पारेको छ भने सर्वसाधारणलाई मास्क नलगाएपनि हुने रहेछ भन्ने कुरोको बोध गराएको देखिन्छ ।
नियमनकारी निकायका उच्च पदस्थ व्यक्तिहरुबाटै हुने यस्ता लापर्वाहीले दमकमा अहिलेसम्म कोरोनाबाट ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ