यस रेडियो झापाको अनलाइन संस्करण मिति २०७७ साल कार्तिक २८ गते झापाको दमकथित ७ नं. वडामा सञ्चालित विष्णु ट्रेडर्समा खुलेआम कालो धन्दा प्रशासन रमिते शिर्षकको समाचारमा कुनै सत्यता नरहेको, यो भ्रमको खेती गरेको विष्णु ट्रेडर्स म विष्णु शाह सबैलाई जानकार गराउन चाहन्छु भन्दै समाचारमा गम्भीर असहमति रहेको सञ्चालक विष्णु साहले जनाउनु भएको छ ।
“भर्खरै मात्र उसले दमक ७ मा आलिसान महल खरिद गरेर त्यसमा व्यवसाय सञ्चालन गर्दै आएको लगायतका समाचारले मेरो व्यवसाय र व्यवसायिक जीवनको चरित्र ह्रत्या गर्न खोजेको साहले जनाउनु भएको छ । समाचार सत्य तथ्य, सन्तुलित नभएको, एकपक्षीय, पूर्वाग्रही ढंगले पोष्ट भएको, मेरो व्यसायी, सञ्चारगृहका सम्पादक, पत्रकारका संस्थाका प्रमुख प्रतिनिधिको ठहर रहेको हुँदो यो समाचार खण्डन गरिदिन अनुरोध गर्दछु ।” विष्णु टे«डर्सका प्रोपाइटर विष्णु साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
प्रोप्राइटर साहले समाचार खण्डनका सम्वन्धमा जारी गर्नु भएको विज्ञप्ति जस्ताको तस्तै ः
समाचारमा उल्लेखित निमेश रिमालको हवाला दिँदै प्रकाशित समाचार एवं सञ्चालक विष्णु साहले सञ्चालन गर्नु भएको व्यवसायबीच समाचारमा उल्लेख भएअनुसारको नदेखिएको हुँदा अब आइन्दा यस्ता समाचार सम्प्रेषण गर्दा यथार्थपरक समाचार मात्र सम्प्रेषण गर्न समाचारदातालाई सचेत गराइएको छ ।