१३मंसिर,इटहरी/इटहरी उपमहानगरपालिका को विशेष सहयोगमा निर्माण भएको अस्थाई प्रहरी चौकीको भवन प्रदेस नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्नुभएको छ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ३ रहेको अस्थायी प्रहरी चौकी भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मन्त्री कार्कीले प्रदेस नम्बर १ कै महत्वपुर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको तालतलैया क्षेत्रमा रहेको अस्थायी प्रहरी चौकीलाई स्थायी छिटै वनाउने कार्यलाई प्रदेस सरकारले पहिलो प्राथमिकतामा राख्ने बताउनु भएकोमा छ।
पर्यटकीय क्षेत्रका रुपमा समेत रहेको तालतैया भएको यस क्षेत्रमा ठुलो संख्यामा आन्तरिक तथा बाहिरिय पर्यटकहरु आउने क्षेत्र भएको कारणले पनि शान्ति सुरक्षा आवश्यक रहेको वडा नम्बर ३का अध्यक्ष बालकृष्ण विष्टले बताउनु भएको छ।
करिब ७० लाख लागतमा निर्माण सम्पन्न भवन अढाई तले र सुविधा सम्पन्न रहेको भवन निर्माणका लागि जग्गा दाता स्वर्गीय हरिचरण खतिवडाका परिवार त्यसैगरी भवन निर्माण समितिका सचिव तुलाराम दंगाल,७ लाख रुपया ऋण स्वरुप भवनमा आफ्नो गोजीको पैसा खर्च गर्नु हुने कोषाध्यक्ष नन्द कुमार लिम्बु लगायत सम्पुर्ण सद्स्य ज्युहरुलाई इटहरी उपमहानगर पालिका प्रमुख द्वारिका लाल चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको छ ।