१३ मंसित,भैरहवा/राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध जनमुक्ति युवा महासंघ सिद्धार्थनगर समिती भैरहवाको आयोजनामा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नगर अध्यक्ष अजय गुरुङ्ग को सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रिय सचिब राम अस्लामी मगरको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथिमा युवाका लुम्बिनी प्रदेश अध्यक्ष डिबी थापा को उपस्थिती रहेको थियो ।
उक्त भेटघाट कार्यक्रममा उपस्थिती भएका स्थानिय युवाहरुलाई प्रदेश अध्यक्ष डिबी थापाले राजनीतिक प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रम पश्चताप झण्डै दुई दर्जन युवाहरु पार्टी प्रबेश गरेका थिए ।नव युवा प्रबेशीहरुलाई प्रमुख अतिथी राम अस्लामी मगरले खादा लगाई स्वागत गर्नु भएको थियो।
राष्ट्रिय जनमुक्ति पार्टी को बिचार र सिद्धान्तले मुलुकको सबै खाले बिभेदको अन्त्य गरी सबै जाती समुदाय बर्गलाई राज्यको सबै तहमा बराबर हिस्सा दिने बहुजातिय समाजबाद सिद्धान्तलाई स्थापित गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
बैकल्पिक शक्ती निर्माणको निम्ती जिल्ला दौडाह अभियानमा खटिएका जिल्ला सदस्य दिपक थापा, महासंघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकी सचिब पहल राना को पनि उपस्थिती रहेको थियो ।
नयाँ सडक स्थित आफ्नै कार्यालय मा भएको सो कार्यक्रम नगर सचिब शोभा थापाले संचलान गर्नु भएको थियो भने समापन नगर अध्यक्ष प्रेम गुरुङ्गले गर्नु भएको थियो । सिद्धार्थनगर समितिको युवा महासंघको दोश्रो अधिबेशन यही मंसिर २० गते गर्ने जानकारी पनि गुरुङ्गले गराएका थिए ।