१३मंसिर,दमक/ दमक २मा रहेको हाम्रो बाल आश्रममा आज मौन्दिप सिंले क्यरिङ हेण्ड्सको सहकार्यमा बालबालिकासँग जन्मदिन कार्यक्रमको आयोजना गरेको छन।
दमकका उर्जावान र सफल व्यवसायी मौनदिप सिंको जन्मदिनको उपलक्ष्यमा सो कार्यक्रम केयरिङ हेण्डस सँग सहकार्य गर्दै गरिएको हो।बाल आश्रमका नानीलाई बढ्दै गरेको जाडोलाई लक्षित गरेर केही थान टोपी र माकस,केही खाद्यान्न सामाग्री,बेलुकाको खाना आदिको व्यवस्था आजको विशेष कार्यक्रममा गरिएको थियो।
यसरी आफ्नो जन्मदिन मनाउन पाउँदा आफु निकै खुशी र हर्षित भएको मौनदिप सिंहले बताए।
यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिनु पर्ने संस्थाका संरक्षक प्रबिन पाठक बताउछन।
आजको कार्यक्रममा कार्यक्रमको संयोजक कोमल शाह,केन्द्रीय अध्यक्ष प्रज्वल अधिकारी,केन्द्रिय महासचिव सिधार्थ नेपाली र केयरिङ हेण्डका संरक्षक प्रविण पाठक लगायतको उपस्थित रहेको थियो।