२०७८ कार्तिक ०८, सोमबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, मंसिर १५, २०७७    १९:३९:२४

१५मंसिर,झापा/देशका दुई ठुला संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीको झापा जिल्ला समायोजनमा विवाद उत्पन्न भएको छ।

हिजो मात्रै अनेरास्ववियु र अखिल क्रान्तिकारी बिच झापा जिल्लामा समयोजन भएको थियो।उक्त समायोजनमा जिल्ला संयोजकमा अनिल सुवेदी,जिल्ला सह-संयोजकमा दुर्गा धमला,बाकीलाइ सदस्य गरी ७१सदस्य समिती निर्माण गरेका थिए भने बाकी ७ सदस्य जिल्ला कार्यलय समिती,२१ सदस्य जिल्ला सचिबालय सदस्य समिती,सम्पुर्ण इकाइहरुमा संयोजक र सहसंयोजक समिती र १५ वोटा स्थानीय तह संयोजक र सह संयोजकको समिती निर्माण गरेको थियो।

यसलाइ स्वयं जिल्ला संयोजक र जिल्ला सह-संयोजकले हस्ताक्षर गरेर समायोजन समापन भएको प्रेश बिज्ञाप्ती जारी गरेका छन।

फेरि आज भने अखिल क्रान्तिकारी र अनेरास्ववियु बिच झापा जिल्ला समायोजन भएको भनी
समर्पण खतिवडा जिल्ला संयोजक साथमा ५० सदस्य गरि १५ वटै स्थानीय तहमा संयोजक,सह-संयोजक र ११ वोटै क्याम्पसमा संयोजक,सह-संयोजकको समिती निर्माण गरिएको छ।

यसलाई अनेरास्वबियु केन्द्रिय कमिटी सदस्य मनोज तम्ली र डम्बर अधिकारीले हस्ताक्षर गरि  समायोजन समापन भएको प्रेश बिज्ञप्ती जारी गरेका छन।

अनेरास्ववियु केन्द्र समितिले कुन जिल्ला समितिलाइ आधिकारिक मान्यता देला भन्नेमा अझै बिद्यार्थी नेताहरु दोधारमा छन।उनिहरुसंग पर्ख र हेर भन्ने बाहेक अरु उपाय देखिदैन।यसै बिच दुवै समितिको दाबी यो पनि रहेको छ कि”केन्द्रको सर्कुलर अनुरुप हामीले जिल्ला समायोजन गरेका छौ,चिया पसलमा बसेर बनाएको कमिटी हामीलाई मान्य हुनेछैन।”

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com