२०७८ कार्तिक १०, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, मंसिर १६, २०७७    ९:३८:०९

१६मंसिर,पाल्पा/राष्ट्रिय जनमुक्ति पार्टी पाल्पा जिल्ला कार्यसमितिको ब्यबस्थापनमा पार्टीको नारायणी पश्चिम व्यूरो अन्तगर्त राष्ट्रिय जनमुक्ति पार्टीको सांगठनिक अभियान -२०७७ पार्टीका उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरले दिप प्रज्वल गरी समुदघाटन गर्नु भएको छ।

कोभिड-१९ को लामो बन्दाबन्दी को कारणले नेता-कार्यकर्ता बिच भेटघाट तथा संगठनिक गतिबिधी अघी बढ्न नसकेको परिस्थितीमा पार्टीले उक्त सागठनिक अभियान मंसीर १५ गते देखि पुस १० गते सम्म लुम्बिनि-गण्डकी प्रदेशका सबै जिल्लामा संचालन हुने उपाध्यक्ष बिरकट्टामगरले जानकारी गराए ।

पार्टीको तिन दशक यात्रामा जोडीनु भएका तमाम नेता कार्यकर्ताहरु संगठनको चुस्त दुरुस्त अभिलेखिकरण गर्ने बताउनु भयो।आगामी निर्वाचनलाई लक्षित गरी पाल्पा जिल्लामा १० वटै स्थानिय निकायमा संगठन पुन: निर्माण गरी कृयाशिल गर्ने गराउन पार्टीको केन्द्रिय तथा पार्टी सम्बद्ध सबै मोर्चाहरु खटिने जानकारी गराउनु भयो ।

सोही कार्यक्रममा बोल्दै पार्टीका उपमहासचिब तथा जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामी मगरले कोभिड्-१९ को नाम गरिएको लुट-तन्त्र दु:खद पक्ष रहेको बताए। कोरोना नियन्त्रण गर्नको निम्ती राज्यले सर्वपक्षिय वा(साझा लडाईं) लडन सबै पक्षलाई समेट्नु पर्ने कुरामा सरकार चुकेको बताउनु भयो।

राज्यले कोरोना नियन्त्रण गर्नु भन्दा पनि कोरोनालाई समाज आतंकको रुपमा मज्जाले मलजल गरेको छ। हिजो एक जना संक्रमित भेटिदा लकडाउन गर्ने सरकार,आज लाखौं संक्रमित पुगिसकेको छ । कोरोनाको कारणले भन्दा पनि कोरोना कहरले धेरै मानिसहरुले आत्महत्या गरेकाछन। रोगले भन्दा पनि भोकले मर्ने त्रास बढीरहेको छ । तसर्थ कोरोनालाई जित्न पुर्खाले दिएका अचुक अस्त्र(आत्मबल) नै हो।हामी सचेत र सजग भएर अघी बढ्नु पर्ने बताउनु भयो । भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्रीको बोलीलाइ  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले राम्रै झटारो दिएको बताए ।

सांगठनिक अभियानमा जनमुक्ति युवा महासंघ सचिब राम अस्लामी, मगर महासंघ, नेपाल धनीसरा दर्लामी र कोसाध्यक्ष क्या डिबी राना लगायत स्थानिय जिल्ला नेताहरुको उपस्थिती रहेको थियो भने सोही अबसरमा मगर महासंघ नेपाल पाल्पा जिल्ला संयोजक डिल बहादुर थापालाई चयन् गरी बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com