सामाजिक अभियन्ता तथा प्रखर वक्ता रमेश प्रसाईले विबाहको मिति तय गरेका छन् । धाराप्रवाह बोल्न सक्ने क्षमताका कारण सबैको मन जित्न सफल स्पष्ट वक्ता प्रसाईले कालीकोटकी नन्दा सिंहसँग मंसिरको २२ गते विबाह गर्ने तयारी गरेको सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जानकारी दिए ।
नन्दा पनि सामाजिक कर्ममा नै सक्रिय ब्यक्तित्व हुन् । गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनीहरु प्रेममा रहेको चर्चा सामाजिक संजालमा चलेपछि के उनीहरुले विबाह गर्दैछन् भन्ने प्रश्नलाई नन्दासँग विबाहको मिति तय भएपछि उनले आफ्ना शुभचिन्तकलाई उत्तर समेत दिइरहनु परेन ।
नन्दा केही वर्षदेखिको साथी भएको र मन मिलेकै कारण उनले विबाहको निर्णयमा पुगेको जानकारी दिए । महानायक राजेश हमालले संचालन गरेको कार्यक्रम द पब्लिक स्पिकरको उपाधि चुमेपछि चर्चामा आएका अभियन्ता प्रसाई कल्पनासँग दोहोरी गाएपछि थप चर्चामा आएका हुन् ।
उनले हालै बजारमा ल्याएको रिंकीबुगंकोको राँगो बोलको गीत सर्वाधिक चर्चामा रहेको छ । उक्त गीतको भिडियो यो समाचार तयार पार्दासम्म ४० लाख बढीले हेरिसकेका छन् ।