२०७८ साउन १७, आइतबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, मंसिर १७, २०७७    १५:४८:००

पुरानो प्रतिकात्मक तस्वीर

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

उनका सचिवालयका सदस्यहरुले पनि पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित ओले पनि पक्राउ परेको जानकारी दिए। तनहुँको व्यास नगरपालिका १ र ११ जोड्ने सडकको उद्घाटन गर्ने विषयमा कांग्रेस र नेकपाबीच विवाद भएको हुँदै आएको थियो। बुधबार पौडेलले यसअघि नै बनेको पुलबाट सडक विस्तार गर्ने कामको उद्घाटन गर्ने तयारी गरेपछि नेकपा पक्षले विरोध जनाउँदै आएको थियो।

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुनेस्थित देखापरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com