२०७८ कार्तिक ०७, आइतबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, मंसिर १७, २०७७    १७:५९:५२

१७मंसिर,दमक/मालपोत कार्यालय दमकका एक कर्मचारीले घुस खाएको विषयलाई लिएर भिडीयो खिचेको भन्दै झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि  हातपात भएको छ ।

शिवसताक्षीका एक जनासेवाग्राहीसंग जग्गा रोक्का वापत १० हजार रुपैयाँ घुस रकम लिएको दाबी गर्दै भिडियोसहितको रिपोर्टिङ गरिरहेका पत्रकार घिमिरेमाथि मालपोत कार्यालय भित्रै हातपात भएको बताइएको छ ।

कार्यालयभित्रै कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले हातपात गरेका घिमिरेको आरोप छ । मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार रुपैयाँ घुस दिएको प्रमाणका रुपमा भिडियो खिचेको बताए ।

कुटपिटमा संलग्नहरु बिरुद्ध घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी समेत दर्ता गराएको बताएका छन । घिमिरे अनुसन्धान अनलाइन टिभीमा कार्यरत छन् । प्रहरीले सो घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

घिमीरे अनुसन्धान अनलाइन टिभीमा कार्यरत छन् । यसैबीच पत्रकार माथि भएको आक्रमणको पत्रकारसहित त्यसका संघसंगठनहरुले निन्दा गर्दे दोषी माथि कडा कारवाही गर्न माग गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com