१७मंसिर,दमक/ हाल जसपा पुर्ब राजपा सम्बद्ध प्रदेश न.०१ समितिले आज दमकमा पत्रकार सम्मेलन गरि पुर्ब समाजबादी पार्टीको कार्यप्रती खेद प्रकट गरेको छ।
आज एक बिज्ञापति जारी गर्दै पुर्ब राजपाको प्रदेश अध्यक्ष फक्ताङलुङ योङहाङले जसपाको अहिले विभिन्न जिल्लाहरुमा समायोजनको कार्य भइ रहेता पनि पुर्ब समाजबादी पार्टी प्रदेश न.०१ समितिले समायोजन नै नभएको जसपाको प्रदेश न.०१ समितीको हबला दिदै जसपा प्रदेश न.०१को नाममा विभिन्न कार्यक्रम गर्ने गरेको आरोप लगाउनु भएको छ।
राजपाको प्रदेश समितिलाइ बिना जानकारी पुर्ब सपाले समायोजन निर्देशिका बिपरित कार्य गरेको र यसले समायोजन प्रक्रियामा प्रभाव पर्ने साथै यस्तो किसिमको कार्य राजपालाइ स्वीकार्य नहुने र समायोजनको लागि सहज बाताबरण सृजना गर्न अग्रह समेत गरेको बिज्ञाप्तीमा उल्लेख छ।
उक्त बिज्ञाप्तीमा प्रदेश अध्यक्ष फक्ताङलुङ योङहाङ र मुख्य सचिब सत्यनारायण शाहले हस्ताक्षर गरेका छन।