१९मंसिर,गौरादह/झापाको गौरिगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसका अगुवा नेता सहित १५० जना नेकपामा प्रवेस गरेका छन् ।
बिहीवारको दिन गौरिगञ्ज-६ कन्चिरा टोलमा आयोजित एक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश एक कानुन मन्त्री हिक्मत कार्किले अविर लगाएर नवप्रवेशिलाई स्वागत गर्नुभएको हो ।
कार्यक्रममा तत्कालिन फोरम लोकतान्त्रिक गाउँकमिटी अध्यक्ष तथा हाल नेपाली कांग्रेसका सक्रिय सदस्य आसारुद्दिन मोहम्मदको अगुवाईमा १५०जनाको नेतृत्व गर्दै आज २८ जनालाई पार्टीमा स्वागत गरिएको नेकपा क्षेत्र नम्वर ५ (क) संयोजक योगराज दाहालले बताउनुभयो ।
नव प्रवेशिहरुबाट आसारुद्दिन मोहम्मद अध्यक्ष र भगिरथ राजवंशी सचिव रहेको नेकपा कन्चिरा टोल कमिटी गठन गरिएको छ । कार्यक्रममा नेकपा सांसद दिपक कार्की लगायत नेकपाका जिल्ला ,क्षेत्र गाउँ ,वडा समेतका नेताको उपस्थिति रहेको थियो, भने कार्यक्रमको संयोजन गौरीगञ्ज-३का नेकपा नेता जयकुमार भगतले गर्नुभएको थियो ।