२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, मंसिर २०, २०७७    २२:१८:११

२०मंसिर,दमक/ दमक २ मा रहेको मनकामना अङ्ग्रेजी स्कुलमा आज लियो कलब दमक गोल्डले अञ्चल स्तरीय चेस र निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ।

सो कार्यक्रम लियो अन्तराष्ट्रको ६३ औ बार्षिक उत्साब तथा लियो डेको अवसरमा आयोजना गरिएको क्लबका अध्यक्ष लियो प्रबेश बस्टाकोटिले बताए साथै यश अवसरमा जिल्ला ३२५ ए -१ ले घोषण गरेको सप्ताह ब्यापी कार्यक्रमको आज दोश्रो दिन समेत रहेको उनले बताए।

प्रतियोगिताको दुई बिधामा मध्य निबन्ध लेखनमा १० जनाले भागले लिएका थिए भने
चेसमा ८ जनाले भाग लिएका थिए।

कार्यक्रम संचालक अबिन मेयाङ्गबोले जानकारी दिए अनुसार उक्त प्रतियोगिताको निबन्ध लेखन बिधामा पहिलो हुन सफल भएका थिए आरध्य देब तम्राकार,द्वितीय हुन सफल भएका थिए भुवन दहाल,तृतीय हुन सफल भएका थिए सिवानी बेल्बासे साथै चेस बिधामा पनि प्रथम हुन सफल भएका थिए आरध्य देब तम्राकार,द्वितीय हुन सफल भएका थिए राम कुमार क्षेत्री र तृतीय हुन सफल भएका थिए राज बुढाथोकी।

सबै उपस्थित भएर भाग लिएका प्रतिस्पर्धीहरुलाइ प्रमाण पत्र,मेडेल र कप साथै विभिन्न उपहार समेत बितरण गरेको क्लबका कोषाध्यक्ष राम चन्द्र चापागाईंले बताए।

उक्त कार्यक्रमका सभापति लियो कलब दमक गोल्डका अध्यक्ष लियो प्रवेश बास्टाकोटीले गरेका थिए भने प्रमुख अतिथी लियो जिल्ला ३२५ का एडभाइजर लियो तारा गुरागाइ रहनु भएको थियो र यस कार्यक्रमका बिशिस्ट अतिथि अञ्चल अचिभरका अध्यक्ष लियो  सन्जय जङ्ग थापा रहनु भएको थियो।सो कार्यक्रमको अतिथिहरु लायन्स क्लब दमक गोल्डका तृतीय उपाध्यक्ष तथा लियो एडभाइजर लायन्स नवीन तम्राकर, मनकामना अङ्ग्रेजी बिधालयका प्राध्यापक,हाम्रो बाल आश्रमका अध्यक्ष प्रकाश थापा र निर्णयकमा राजेन्द्र प्रसाद चापागाईं रहनु भएको थियो।कार्यक्रम क्लबका सचिब लियो अबिन मेयाङ्गबोले संचालन गरेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com