हातहतियारसहित आएको समूहले शिक्षक श्रेष्ठलाई गोली प्रहार गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै उपप्रमुख राईले बताउनुभयो । बिहान भएको घटनापछि गएको प्रहरी टोली दिउँसो १२ बजेसम्म पनि घटनास्थलमा पुगेको छैन । घटनास्थल मोरङको दुर्गम बस्तीमा पर्छ ।
घटनास्थल पुग्न रमितेखोलाबाट हिँडेर ३ देखि ४ घण्टा लाग्छ । घटनास्थलमा प्रहरी पुगेपछि मात्रै थप जानकारी आउने मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो । शिक्षक श्रेष्ठको विप्लव समूहले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।