२०७८ कार्तिक १०, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, मंसिर २६, २०७७    ९:२६:१५

काठमाण्डाै –  अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ ।

रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको हत्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए । आक्रमणमा उनका गाडी चालकको पनि ज्यान गएको बीबीसीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने पुष्टि भएको छैन ।

आक्रमणपछि आक्रमणकारी भागेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक अभियन्ता समेत रहेकी पत्रकार माइवन्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आउनु भएको थियो । समाचार एजेन्सी रोयर्टसका अनुसार उनकी आमाको पनि पाँच वर्षअघि हत्या भएको थियो । अफगानिस्तानमा पछिल्लो समय पत्रकार, सामाजिक अभियन्ता र राजनीतिज्ञलाई लक्षित गरी आक्रमणका घटना भइरहेका छन्  ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com