२७मंसिर,झापा/आज अनेरास्ववियु झापाले सहिद लक्ष्मी पान्डेको स्मृति दिवस सुरुङ्गामा रहेको कनकाइ बहुमुखी क्याम्पस तल्लो पट्टि रहेको उनको सालिकमा माल्या अर्पण गरि सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा आफ्नो कुरा राख्दै जिल्ला पार्टी सदस्य असारु राजबंशीले भने
“अहिले पार्टीमा देखिदै गरेको समस्याको ठुलो हैन तर जनताको अभिमतको सम्मान गर्न अहिले सरकारलाई चुनौतीको बिषय रहेको” बताए।
त्यसतै अनेरास्ववियु के.सदस्य डम्बर अधिकारीले चिया पसलमा बसेर संगठन निर्माण गरेर गर्बिलो इतिहास बोकेको संगठन अनेरास्ववियुको धज्जिया उडाउने कोशिस जो कोहिबाट हुन्छ भने हामी चुप लागेर नबस्ने र यो जग भनेको हाम्रा महान सहिद कमरेड लक्ष्मी पाण्डे जिहरुको बलिदानले निर्माण भएको हो,यो रेला गर्ने कुरा हैन याद राख्नुहोला भन्दै चुनौती समेत दिएका छन।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटीले आयोजना गरेको सो कार्यक्रमको सभापति समर्पण खतिवडाले गरेका थिए भने,प्रमुख अतिथि अनेरास्ववियु के.सदस्य डम्बर अधिकारी अतिथि अनेरास्ववियु केन्द्रिय सदस्य मनोज तामलिङ,जिल्ला पार्टी सदस्य असारु राजबंशी,प्रेस संगठनका प्रदिप परियार साथै युवा नेता प्रविण पाठक समेतको उपस्तिथि रहेका थियो भने कार्यक्रम संचालन जिल्ला कमिटी सदस्य रोशन लामाले गर्नु भएको थियो।