२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, मंसिर २८, २०७७    १९:१५:५०

२८मंसिर,गौरदह/ गौरदह वडा न.०१मा अवस्थित रहेको गणेश मन्दिरसंगै ट्राफिक प्रहरी कार्यलय भवन आज उटघाटन सम्पन्न भएको छ।

त्यस अवसरमा माननिय प्रदेश न.०१ आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले कानुन सबैले पालना गर्नु पर्ने र कानुन भन्दा माथी कोहि नभएको बताउनुभयो।उक्त अवसरमा भवन निर्माण गर्न जग्गा दान गर्ने जग्गा दाता रत्न बहादुर श्रेष्ठ साथै भवन निर्माण गर्न जिन्सी,फर्निचर आदि इत्यादि सामग्री सहयोग गर्नुहुने सम्पुर्ण सहयोगेव दातालाई समेत उनले धन्यवाद तथा सम्मान व्यक्त गरे।

त्यस्तै कार्यक्रमको सभापतित्व गणेश कुमार श्रेष्ठले गर्नु भएको थियो साथै प्रमुख अतिथि प्रदेश न.०१ आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की रहनु भएको थियो भने बिशिस्ट अतिथिमा संबिधान सभा सदस्य दिपक कार्की,प्रदेश न.०१ ट्राफिक कार्यलय प्रमुख,जिल्ला झापा प्रहरी कार्यलय प्रमुख,जिल्ला झापा ट्राफिक प्रहरी कार्यलय प्रमुख,गौरदह नगर प्रमुख,उपप्रमुख,प्रशासकिय प्रमुख,र अतिथिमा गौरदह नगरपालिका उधोग बाणिज्य संघ अध्यक्ष,गौरिगन्ज गाउँ पालिका प्रमुख,गौरदह प्रहरी प्रमुख,दमक इलाका प्रहरी प्रमुखको समेत उपस्तिथि रहेको थियो।कार्यक्रम भने निर्मल बास्तोलाले संचालन गरेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com