२८मंसिर,दमक/नेकपाको भातृसंगठन अनेरास्ववियुको प्रदेश न.०१ भेला आज दमकको दमक बहुमुखी क्याम्पसमा सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय सदस्य नेता सुदेश पराजुलीले बिद्यार्थी एकता कायम राख्न सम्पुर्ण प्रदेश न.०१ भरीका बिद्यार्थीहरुलाइ अनुरोध गर्नु भएको छ।उनले थप्दै भने अनेरास्ववियु केन्द्रिय संयोजक एन महरले गुटगत भेला गर्दै जाने हो भने हामी बिधि/बिधान गत रुपले अगाडी बढ्ने चेतावनी समेत दिए।
त्यसतै कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सह-संयोजक रंजित तामाङले “बिद्यार्थी संगठन कार्यगत एकता गर्न सक्नुहुन्न भने एन महर जि विद्यार्थी राजनीतिबाट राजीनामा दिएर नेताहरुको चाकरी गर्न थाल्नुहोस।गर्बिलो इतिहास बोकेको संगठनको मर्यादा कायम राखियोस कामरेड”नत्र बिधिको बिधान र बिधानको दण्ड प्रयोग गर्न पछि नपर्ने उद्घोष गर्नु भयो।
कार्यक्रममा बोल्दै प्रदेश न.०१ अर्थ मन्त्री इन्द्र आङ्बोले अहिले नेकपाको लडाइ पद र प्रतिष्ठाको हैन,यो लडाइ बिधि र बिधानको रहेको बताउनु भयो।”केपि ओलि गुटको भेला अर्थात जबजको भेलामा कस्तो ब्यक्तिहरु आउछन र आए हामीले पनि देखेको छौ”भन्दै ब्याङ्गत्मक टिप्पणी गरेका छन।जनयुद्धकै कारण आजको यो उपलब्धि प्राप्त भएको समेत आङबो बताउछन।
उनले थप्दै भने जबजको आडमा कुनै पनि भेला गुटगत राजनिती नगर्न समेत बताए।समाजबाद तिर अघि बढ्न समेत उनले उपस्तिथ बिद्यार्थीहरुलाइ अनुरोध गरेका छन।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय स्तरको नेता देखि १४ जिल्लाकै बिद्यार्थीहरु उपस्थित रहेको थियो।