३०मंसिर,चुलाचुली/प्रदेश न.०१मै फरक प्रभाव जमाएको इलामको चुलाचुली रंगमञ्चकोे ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।
“विश्व व्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजी” नारा रहेको चुलाचुली रंगमञ्चले प्रमुख अतिथि चुलाचुली ४ का वडा अध्यक्ष कालिदास भट्टराईद्धारा केक काटेर आठौं बार्षिकोत्सव मनाएका थिए ।
इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे स्थित रहेको चुलाचुली रंगमञ्चले हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउदै आएको नाट्य संस्थाका अध्यक्ष हेमकुमार लिम्बूले कार्यक्रम मार्फत जानकारी गराए ।
कार्यक्रममा नयाँ र पुराना पुस्ताका सिर्जनशिल मनहरु जोड्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा कबि राजकुमार सुब्बा, पुष्प लोवा, हिमाल गँुरास सुब्बा, गायक केवि चेम्जोङ, चन्द्र शिगु, रंगकर्मी सिजन दाहाल, समाजसेवी तथा राजनीतिक व्यक्तित्व नकु वान्तवा, शरण जबेगु र कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गायन, नृत्य, कविता प्रस्तुत गरेका थियो ।
प्रमुख अतिथि भट्टराइ ले रंगमञ्चको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘गाउँमा नेपाली कला, साहित्यको उचाई र निरन्तरतामा लागि परिरहेको चुलाचुली रंगमञ्चले स्थायी रंगमञ्च घर निर्माणको लागि जग्गा तयार गरेमा ४० लाख सम्मको बजेट निकास गर्न पहल गर्दिने वताए ।’
रंगमञ्चले गएको सालको ७ औं बार्षिकोत्सव मा मोरङ का पत्रकार, कलाकार तथा निर्देशक भुपेन्द्र तिम्सिनालाई सम्मान गरेको थियो ।
वि.सं. २०६५ साल देखि गाउँमा सचेतना रुपमा नाटकको काम गर्दै आएको नाट्य संस्था चुलाचुली रंगमञ्चले २०६९ साल बाट संस्थालाई आधिकारीक मान्दै आएको छ । सो नाट्य संस्थाले २०७० देखि २०७६ सम्म क्षेत्रिय, राष्ट्रिय र नेपाल अन्तराष्ट्रिय नाटक महोत्सवहरुमा काम गरिसकेका छन् ।