२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, पौष ०५, २०७७    ८:१०:०४

०५पुष,दमक/दमक स्थित कागबेनी थकाली घरमा इ.डि.एफ संस्थाले युवा र राजनीति बिषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एकसय बढी युवाहरुको सक्रिय सहभागिता रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समर्थक युवाहरूले उक्त कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा नेता लिला ढुङ्गेलले युवाहरु राजनीतिमा जोडिन आवश्यक रहेको र अब सत्ता,शक्ति युवा,महिलाहरुले नै संचालन गर्नु पर्ने समेत बताउनु भयो।

नेकपा झापा जिल्ला सदस्य अम्बिका खनालले युवाहरुको रेमिटेन्सले देश धनिरहेको अवस्था छ अहिले तर अब केही बर्ष पछि यो सब कुराको अन्त्य हुने र देश निर्माणमा युवाहरुको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो।

कार्यक्रममा आफ्नो कुरा राख्दै संबिधान सदस्य दिपक कार्कीले भने अबको आउदो चुनाबमा क्षेत्र न.०५बाट प्रतिनिधि,प्रदेश सभामा र स्थानीय तहमा युवाहरु प्रतिनिधित्व हुने गरि उम्मेदवारीको तयारी गर्न समेत उनले आग्रह गरे।

त्यस्तै अन्तर सम्बाद गर्ने क्रममा कार्कीले युवाहरूले राखेका विभिन्न प्रश्नहरुको जवाफ दिदै “तपाइहरुको आक्रोश मैले मनन गरेको छु,तर हामी पनि प्रयासरत छौ।युवाहरूलाई देश मै रोजगारी सृजना गर्ने हामीले प्रयास गरिरहेको छौ।थोरै समय लाग्न सक्छ।”

पार्टी विवाद बारे तेर्सिएका प्रश्नहरुको जवाफ दिदै उनले भने तपाइहरु पर्खेर बस्नुहोस हामी मिलाउने कोशिस गर्दैछौ तर पार्टी फुट्छ भनेर नआतिनिहोला र “प्रतिपक्षी काङ्ग्रेस पनि नरमाए हुन्छ यो घर भित्रको समस्या हो चाडै हल भएर फेरि पनि आउदो चुनाबमा धुलो चटाउछौ।”

कार्यक्रमको सभापतित्व प्रविण पाठक,इडिएफ प्रमुखले गरेका थिए भने प्रमुख अतिथि संबिधान सदस्य दिपक कार्की,अतिथिहरुमा लिला ढुङ्गेल,अम्बिका खनाल, डम्बर अधिकारी, समर्पण खतिवडा लगायत रहेका थिए भने कार्यक्रम संचालन देशराज नेम्बाङले गरेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com