काठमाडौं / पुस ५, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक बालुवाटारमा १० बजे शुरू भएको छ ।
आइतवार बालुवाटारमा बैठक बसेको हो । बालुवाटार स्रोतले यसलाई नियमित भनेको छ ।
आजको मन्त्रिपरिषद बैठकले गत मंगलवार ल्याइएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।
मन्त्रिपरिषद बैठकअघि ओलीले आफूनिकट नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए ।
आजै नेकपाको स्थायी कमिटी बैठक बस्ने कार्यतालिका रहेको छ । अपराह्न १ बजे स्थायी कमिटी बैठक बस्दैछ ।
बुधवार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिएको थियो । तर पार्टीको निर्णयविपरित ओलीले अहिलेसम्म अध्यादेश फिर्ता गर्ने निर्णय गराएका छैनन् ।