५पुष,काठमाडौ/आज काठमाडौ अनामनगर स्थित बिहानी क्याफेमा युथ ग्रुप नेपालले पत्रकार सम्मेलन मार्फत सयौ जुनि भए पनि नामक गितको रिलिज गरेको छ ।
क्यानाडामा निर्माण गरिएको गित आज एक कार्यक्रम बिच भब्य सो गरेर गित रिलिज गरिएको थियो।
कार्यक्रम युथ ग्रुप नेपालको सल्लाहकार रन्जन लिम्बुको सभापतिमा भएको थियो भने कार्यक्रममा निर्माता तथा अग्रज पत्रकार कुमार ओझाको प्रमुख आतिथ्य रहेको थियो।
दुई दर्जन भन्दा बढी अग्रज पत्रकार तथा कलाकारहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो साथै कार्यक्रममा उपस्थित अग्रज पत्रकार कुबेर गिरिले आफ्नो देश भन्दा बाहिर रहेर नेपाली गित संगीतलाई निरन्तरता दिएर भिडियो निर्माण हुनु गर्बको कुरा रहेको भन्दै निर्माण पक्षलाई धन्यवाद तथा शुभकामना दिएका थिए ।
त्यसै गरि कार्यक्रमका प्रमुख आतिथ्य कुमार ओझाले मोडल पन्च सेर्माको अभिनयको तारिफ गरेका छन । गितले आफ्नो मन छोएको र आफ्नो बिगत याद दिलाएको बताए। उहाले गित संगै भिडियो पनि उत्कृष्ट बनेको दाबी समेत गरेका छन । उनले भने – अलिकती भिडियो बनाउदा छायांकनले विशेष ध्यान दिए अझ राम्रो हुने भन्दै आगमी दिनमा पनि यस्तै प्रगतिको कामना गर्छु । कार्यक्रम अधिकाङ्स पत्रकार तथा कलाकारहरूले मोडल पन्च सेर्मा लिम्बुको अभिनयको प्रसङ्सा गरेका थिए ।
पुष्प राज बरालको शब्द संगीत रहेको गितलाई मेलिना राई र पुष्प राज बरालले स्वर दिएका छन । भिडियोमा पन्च सेर्मा लिम्बू र भिपिनले अभिनय गरेका छन भने यस्लाई छायांकन ,सम्पादन र निर्देसन इशोर थापा ,टेक्निकल सपोर्ट -गोबिन्द नेपाल र पुष्कर भट्टले गरेका छन ।
त्यस्तै भिडियोको पोष्टर सुदिप सर्माले बनाएका थिए भने भिडियोलाई सेवारो युवटुब मार्फत सार्बजनिक गरिएको हो।
यस्लाई युथ ग्रुप नेपालले सहकार्य भुमिका निर्बाह गरेको छ। आज युथ ग्रुप नेपालले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा प्रबन्ध निर्देशक अशोक छेत्रीले मोडल पन्च सेर्मा एउटा सफल अनि पोख्त कलाकार भएको उल्लेख गर्दै यो भिडियो उत्कृष्ट बनेको दाबी गरेका छन । उक्त कार्यक्रम मार्फत निर्देशक छेत्रीले एउटा फुल नामक चलचित्र निर्माणको घोषणा समेत गरेका छन ।
अहिले त्यस चलचित्रको लागि अडिशन थालिएको जानकारी समेत दिएका छन ।