०६पुस,मोरङ/जनमुक्ति पार्टी केराबारी गाउँ कार्यसमिति मोरङको दोस्रो अधिवेशन केराबारी ३ स्थित हिमचुली सामुदायिक बनको भवनमा सम्पन्न भएको छ ।
अधिबेशनबाट अध्यक्षमा कौशिला लिम्बु सहित ११ सदस्य केराबारी गाउँ कार्यसमिति गठन भएको छ।
त्यस्तै उपाध्यक्षमा तारा लिम्बू, सचिबमा दिपा लिम्बू,सहसचिबमा दिल्लीराम लिम्बू, कोषाध्यक्षमा सर्मिला राई एवम सदस्यहरूमा भिम्का लिम्बू, बुद्धि बहादुर लिम्बू, ढाकामाया लिम्बू, माया खजुम लिम्बू, सरस्वती लिम्बू र शुक्रमाया लिम्बू रहेका छन ।
सोही अधिवेशनमा बम बहादुर इवाको अध्यक्षतामा राजमुपाको भातृ संगठन जनमुक्ति युवा महासंघ केराबारी गाउँ समितिको पनि गठन सम्पन्न भएको छ ।
महासंघको सचिबमा दिपा थेगिम लिम्बु एवम सदस्यमा माया लिम्बु, फुलमाया लिम्बु, भिम्का लिम्बू, तारा लिम्बू र सर्मिला लिम्बू छन ।
राजमुपा किरात लिम्बुवान खम्बुवान प्रदेश परिचालन समितिका अध्यक्ष पर्शुराम थापा मगरको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमुपा मोरङ जिल्ला अध्यक्ष कन्छिमाया लिम्बु, जनमुक्ति युवा महासंघ केन्द्रीय सदस्य चित्र मगर “हाङ्ग” एवम् फिबराज लिम्बू, राजमुपा मोरङ्ग जिल्ला सदस्य डी. बी. कुरुङबाङ्ग, राजमुपा कन्काई नगर अध्यक्ष डकमाया मगर, राजमुपा बेलबारी नगर अध्यक्ष प्रकाश राई र नेवा देय दबु धरान नगर अध्यक्ष मनोहर शाक्य अतिथिको रुपमा रहेका थिए ।