२०७८ जेठ ०१, शनिबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, पौष ०७, २०७७    १९:५८:१६

०७पुष,धरान /पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनको धरानमा रहेका नागरिक समाजले बिरोध जनाएको छ।

मंगलबार धरान स्थित स्टार होटलमा पत्रकार सम्मेलन गर्दै संविधानले अधिकारै नदिएको प्रतिनिधि सभा विघटन गरेकाले त्यस्तो असंबैधानिक कार्यको नगरिक समाजको तहबाट पनि विरोध गरिएको बताएका छन।

विघटनको गलत निर्णयलाई सच्याउन सक्ने एकमात्र थलो सर्वोच्च अदालत रहेको भन्दै त्यसलाई बदर गराई मुलुक जोगाउन अपिल पनि गरेका छन् ।

पत्रकार सम्मेलनमा प्रा डा. राजेन्द्र शर्माले नेपाली जनताको बलिदानी र संघर्षबाट हासिल भएको संघीय गणतन्त्र नेपालको संविधान अनुसार मुलुकको विकासका लागि स्थिर सरकार बनाउन दुई तिहाई बहुमत दिएको भन्दै प्रधानमन्त्री ओलिले जति बेला मन लाग्यो त्यती बेला नै विघटन गर्नका लागि नभएको भन्दै संविधानमा यस्तो अधिकार समेत नरहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा अधिवक्ता शिवकुमार भण्डारीले संविधानको धारा ७६ (७) र ७५ (१) उल्लेख गरेर प्रतिनिधि सभा विघटन गर्नु आफैमा असंबैधानिक भएको बताए।

भण्डारीले ती धाराहरु संसद विघटनको किमार्थ आधार बन्न नसक्ने बताए ।नेपालको संविधान २०७२ मा प्रधानमन्त्री वा मन्त्रीपरिषदले सांसद विघटन गर्न पाउने अग्राधिकारको व्यवस्था नरहेको बताए।यो संबैधानिक संकटको अनुपयुक्त प्रयोग गर्ने असंबैधानिक चेष्टा भएको आरोप लगाए।

विज्ञप्तीमा हस्ताक्षर गर्नेहरुमा प्रा डा.टंक न्यौपाने, कृष्ण कोइराला, सह प्रा.हरिप्रसाद दहाल, गिरिराज पाठक, अधिवक्ता शिवकुमार भण्डारी, डा.रामनारायण कन्दङवा, डा.कमल तिगेला, डा.रमेश इजम, केशव घिमिरे,बम देवान, अधिवक्ता बलराम राई, महेश श्रेष्ठ, नरप्रसाद लिम्बु, हिमाल राई, देव इजम, सागर चेम्जोङ, भवानी बराल, प्राडा. राजेन्द्र शर्मा, दिलकुमार फोम्बो रहेका छन।त्यसैगरी बिज्ञप्तिको साक्षीका रुपमा राजनीतिक दलका नेतृत्वहरु सुदर्शन श्रेष्ठ नेकपा नगर सचिव, मुरारी भट्टराई नेपाली कांग्रेस क्षेत्रिय सचिव सुनसरी–१ (क), ताजुब लिम्बु जनता समाजवादी नगर अध्यक्ष र विष्णु थाम्देन राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय सदस्य रहेका छन् ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com