०७पुष,दमक/ झापाको दमकमा हाल जसपा पुर्ब राजपा प्रदेश न.०१समितिले पत्रकार सम्मेलन गरि सांसद विघटन प्रतिगमनकारी र संबिधान माथी राजनैतिक कु भएको जनाएको छन।
पत्रकार सम्मेलनमा बोल्दै पुर्ब राजपा निकट प्रदेश न.०१ युवा अध्यक्ष रोशन लिम्बुले यो संबिधान माथी सिधा रूपमा बलात्कार हो।यसको हामी घोर बिरोध गर्छौ।यश कदमलाइ तत्काल बिचार,बिमर्श नगरे हामी संबिधान रक्षाको लागि जस्तो सुकै कदम चाल्ने र त्यसको नतिजाको लागि तयार रहन समेत उनले प्रम ओलिलाई चुनौती दिएका छन साथै देशै भर आन्दाेलनकाे लागि तयार रहन जसपा युवाहरूलाई अाग्रह गरेका छन।।
त्यस्तै पुर्ब राजपा हाल जसपा प्रदेश न.०१अध्यक्ष फक्ताङ्लुङ योङहाङ ले बिध्या र ओलिको साठगाठले यो सब बिग्रेको हो।बिध्या चाहिँ राष्ट्रको पति भन्दा पनि ओलिको भक्त ज्यादा भएको स्पष्ट देखियो।ओलिले जे भन्यो त्यही मान्ने यो राष्ट्रपति हो कि ओलिपती हो बुझ्न गाह्रो भयो।यसररी नि चलाइरहने हो भने ओलिलाइ प्रदेश न.०१मा प्रवेश निषेध गरिनेछ।तुरुन्तै बिचार बिमर्श गरियोस।नत्र भोलिको दिनमा हुने क्षतीको लागि तयार रहन उनले चुनौती दिएका छन।जनताको छाती माथी बुट बर्साउन जनताले तिमिलाइ बहुमत दिएको हैन भन्दै उनले आक्रोशीत हुँदै प्रश्न तेर्साएका थिए।
त्यस्तै पत्रकार सम्मेलनमा उपस्थित हुने सम्पुर्ण पत्रकारहरुलाइ प्रदेश सचिब गगन लाओतीले धन्यवाद ज्ञापन गरेका थिए।