काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
स्रोतका अनुसार नयाँ मन्त्रीको शपथ आजै बेलुका सात बजे राष्ट्रपति कार्यालयमा हुँदैछ । स्रोतका अनुसार राष्ट्रपति कार्यालयले पनि शपथको तयारी गरेको छ । पुस ५ गते प्रचण्ड–नेपाल समूहका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । सोही रिक्त स्थानमा नयाँ मन्त्रीहरुलाई थप गर्न लागिएको हो ।