११पुस,दमक/दमक ९मा रहेको अनाथ बाल बृद्ध आश्रममा प्रविण पाठकले क्यरिङ हेण्ड्सको सहकार्यमा बालबालिकासँग जन्मदिन मनाएका छन।।
विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध साथै पुर्वान्चल बोर्डिङका निर्देशक समेत रहेका प्रवीण पाठकले आफ्नो जन्मदिनको उपलक्ष्यमा अनाथ वृद्ध-बाल आश्रमा रहेकाहरुलाई खानपिन ब्यबस्थापन,मनोरञ्जनातक क्रियाकलाप केयरिङ हेण्डससँगको सहकार्यमा गरेका छन् ।
यसरी आफ्नो जन्मदिन मनाउन पाउँदा आफु निकै खुशी र हर्षित भएको पाठक बताउछन।
यसरी सबैले आफ्नो जन्म दिन मनाउने हो भने सायद यी नानीहरु र वृद्ध आमा बुबाहरुले एक्लो पन महसुस नगर्ने संस्थाका अध्यक्ष प्रज्वल अधिकारी बताउछन।