१२पुस,दमक/जनता समाजवादी पार्टीले दमकमा राँके जुलुस निकालेको छ।जुलुस निकाल्ने क्रममा जसपा कार्यकर्ता र प्रहरी बिच झडप भएको छ ।
प्रधानमन्त्री केपि ओलीले असंबैधानिक रुपमा सांसद बिघटन गरेको प्रति जसपाले बिरोध स्वरुप राँके जुलुस निकालेको थियो ।
सो क्रममा प्रदर्शनकारी र प्रहरी विच झडप हुँदा पाँचजना घाईते भएका छन् ।
झडपका क्रममा जसपा केन्द्रिय सदस्य देउकुमार नेम्माङ, झापा जिल्ला अध्यक्ष दिपेनवाला राई र प्रदेश न०१को युवा उपाध्यक्ष तोया न्यौपाने घाईते हुनु भएको समाजवादी बिद्यार्थि युनियनका केन्द्रय उप महासचिव दिनेस दंगालले जानकारी दिनुभयो ।
त्यसैगरी प्रहरी तर्फ एक जना प्रहरी सहायक निरिक्षक र एकजना प्रहरी जवान सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले जानकारी दिनुभयो ।
घाईते प्रहरीको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
राँके जुलुसपछि दमक चौकमा भएको कोणसभामा बोल्दै जसपाका नेताहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको बताएका थिए । वक्ताहरुले अहिलेको संबिधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई सांसद बिघटनको अधिकार नदिएको भन्दै यसको पूर्णरुपमा खारेजको माग गरेका छन् ।
कार्यक्रमको व्यवस्थापन भने जसपा नगर अध्यक्ष भेषराज भट्टराई,जसपा भ्रातृसंगठन युवा संघ प्रदेश न.०१ अध्यक्ष रोशन लिम्बुले र स्थानीय नेताहरुले गरेका थिए।