१७पुस,काठमाडौ/संसद् विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले शुक्रबार माइतीघर मण्डलामा च्याब्रुङ बाजासहित प्रदर्शन गरेको छ ।
साताव्यापी विरोध कार्यक्रम स्वरुप उनीहरुले च्याब्रुङ बजाउँदै प्रदर्शन गरेका हुन् । बुधबार नाैमती र सोमबार डम्फूसहितको प्रस्तुति थियो ।
गत पुस ११ गते आरम्भ भएको कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता हुँदै आएको छ।
सहभागीले ‘संविधानमाथि तीरैतीर प्रतिगामीलाई खीरैखीर’,’न्याय गर्छ म्याउम्याउ सरकार भन्छ उछिट्याउँ’, ‘जाे रक्षक उही भक्षक’, ‘संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’ जस्ता नारा लेखिएका प्लेकार्ड, व्यानर प्रदर्शन गरेका थिए ।
बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको कदमलाई प्रतिगामी र गैरसंवैधानिक शनिबार शंख फुकेर प्रदर्शन गरेको थियो ।