१७पुस,काठमाडौ/जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादी पार्टी बिच एकता घोषणा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा ललितपुरमा कार्यक्रम गरी एकताको घोषणा गरिएको हो ।
कार्यक्रममा नेताहरूले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजीवी र उत्पीडित जनताको मुक्तिका लागि एकता आवश्यक भएको बताएका छन्।
कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आए पनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभूति गर्न नसकेका कारण विकल्प मा जसपा चाहिएको बताए ।
जसपाले देशमा राजनीतिक विकल्प दिन विभिन्न संघसंगठन तथा पार्टीलाई एकीकृत गर्ने अभियान जारी राख्ने नेताहरूले बताएका छन् ।