२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, पौष २०, २०७७    १६:१९:२३

सुनसरी । इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभयो ।
इटहरी अस्पतालमा निजि स्वास्थ्य सस्थाहरुको भन्दा करिव आधा अर्थात ६ सय रुपियाँमै भिडियो एक्सरे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा मनिश शर्माले जानकारी दिनुभयो । इटहरी अस्पतालमा आएका विरामीलाई भिडियोएक्सरेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेकोमा वडा नम्वर ९ का वडासदस्य गणेश खत्रीले खुशी ब्यक्त गर्नुभयो ।
आफूहरुले जनप्रतिनिधिका रुपमा कार्यकाल सुरु गरे यता इटहरी अस्पतालको स्तरोन्नतीमा उल्लेख्य कार्य गरेको वडा नम्वर ९ का वडाध्यक्ष एवं इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र वरालले दावी गर्नुभयो । अस्पतालका इमरजेन्सी इन्र्चाज राम कुमार धमलाले इटहरी अस्पतालको सेवालाई सहज वनाउन भिडियो एक्सरे खरिद गरी उपलब्ध गराएकोमा इटहरी उपमहानगर र अस्पताल समितिको नेतृत्वलाई धन्यवाद दिनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com