काठमाडौँ, २२ पौष । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन । बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन ।
नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् ।
पूर्व माओवादीबाट निर्वाचित बोहोराले मुख्यमन्त्रीसहित प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग असहमति जनाएर सरकार छाडेको बताएका छन ।