२०७८ आश्विन ०२, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, पौष २४, २०७७    ८:४५:२१

प्रतिकात्मक तस्वीर
दमक । इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रवि–दमक सडक खण्डमा रविबाट काठको गोलिया बोकेर दमक तर्फ जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका बस्ने ३५ वर्षीय किरण राईको मृत्यु भएको हो । ट्रक सडकबाट अनियन्त्रित भई बाटोबाट करिब २ सय मिटर तल खस्दा घाइते भएका राईको उपचारको लागि दमक तर्फ लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
शवलाई दमक अस्पतालको शव गृहमा राखिएको छ । चालक ताप्लेजुङ मेले गाउँपालिका–१ बस्ने २० वर्षीय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com