दमक । लियो क्लव अफ दमक गोल्डले पत्रकार सम्मेलन गर्दै एक महिनामा गरिने कार्ययोजनाको घोषणा गरेको छ । घोषणा कार्यक्रममा संस्थाका अध्यक्ष प्रवेश वस्ताकोटीले दमक गोल्डले दमक क्षेत्रमा विविध सामाजिक कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । पौष १९ देखि माघ १९ गतेसम्म लागूऔषध दुव्र्यसन, कपडा संकलन गरी वितरण गर्ने, सडकमा रहेका छाडा कुकुरहरुलाई राति टल्किने बेल्ट लगाइदिने, तीन दिनसम्म खाना खुवाउने कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
यसैगरी, रक्तदान, महिलालाई सात दिने आत्मरक्षा मार्सल आर्टको तालिम दिने पनि अध्यक्ष वस्ताकोटीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सो कार्यक्रममा लियो क्लव अफ दमक गोल्डको सह–आयोजक केयरिङ ह्याण्डका अध्यक्ष प्रविण पाठकले पनि क्लवको सकारात्मक कार्यमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन रामचन्द्र चापागाईंले गर्नुभएको थियो ।