२६पौष,दमक/ई.प्र.का. दमकमा आफ्नो कार्याकाल सफलता पुर्वक सम्पन्न गरेका DSP.पन्डितलाई , इम्पेरर डायनामिक फोर्स नामक संस्थाले बिदाइ गरेको छ।
उक्त कार्यक्रममा दमकमा विभिन्न संघसंगठनमा नेतृत्व गर्ने युवाहरूको उपस्थिती रहेको थियो। ई.प्र.का. दमक को १५ महिना कार्यकाल सकेर पन्डित अब कास्की जिल्ला जादैछन्।
बिदाई कार्यक्रममा बोल्दै पण्डितले महामारीको बेला दमक नगरपालिकाको कार्यालय , यहाका विभिन्न सामाजिक संघ संस्थाहरुले गरेको सहयोगको मुक्त कन्ठले प्रसंशा गर्दै समाज र सामाजिक संस्था भनेको साध्य हुन , प्रहरी साधन हो, समाजमा देखिएका समस्याहरु हल गर्न प्रहरी एक्लैले हुँदैन त्यसैलेनै समाज र संस्थाहरु आवस्यक छन् , आफ्नो कार्यकाल भरी दमक नगर बासिले आफुलाई सहयोग गरि शान्ति सुब्यवस्था कायम गर्दै कार्यकाल सफल पार्न मदत गरेको मा पनि धन्यवाद दिएका थिए। मन्तव्य राख्दै DSP पण्डितले “सधै सिक्ने क्रममा रहेको आफुलाई दमकले छोटो समयमा धेरै कुराहरु सिकाएको छ र म यसलाई अब जाने प्रहरी प्रशिक्षण केन्द्र , कास्किमा उपयोग गर्दै अघि बढ्छु” भन्दै आफ्नो मन्तव्यको बिट मारेका थिए।
कार्यक्रममा EDF का सह-संयोजक संजय साहले नेपालको झण्डाले डिएसपी पण्डितलाई सम्मान गरेका थिए । कार्यक्रमको अन्त्यमा संस्था का अध्यक्ष प्रबिण पाठकले DSP. पन्डितलाई धन्यवाद ज्ञापन गर्दै पहिलो स्वागत र आज अन्तिममा बिदाई पनि आफू आवद्ध भएको संस्था बाट गर्न पाएकोमा खुसी भएको बताएका थिए।