२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, माघ ०४, २०७७    ११:३०:०६

 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ ।
उहाँको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदैछ ।’
प्रदेश राजधानी विराटनगरमा विवाहको
शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ । मुख्यमन्त्री राईले अन्तरजातीय विवाह गर्न लागेको उहाँ निकटस्थहरुले बताएका छन् ।
मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लाग्नुभएको हो । ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन् ।
सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन आउँदा १९ वर्ष हाराहारीकी थिइन् । ‘मिस मंगोल नेपाल, मिस ई–कलेज प्रतियोगितामा भाग लिन आउँदा ज्याङ्मु शेर्पा करिब १९ वर्षकी थिइन्’, आयोजक सिजन मिडियाका प्रमुख प्रदीपराज वन्तले भने, ‘अहिले त्यहीँ २२–२३ वर्षभन्दा बढी भएकी छैनन् ।’
मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।
प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पूरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन् ।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने भएको छ । १३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन् ।
मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन् ।
दोस्रो संविधानसभा सदस्य भएकै बेला शेरधन राई पहिलो पटक सूचना तथा सञ्चार मन्त्री हुनुभएको थियो ।
मुलुककै कान्छो सांसद बनेर राजनीतिमा छलाङ मारेका राईले २०७४ सालसम्म आइपुग्दा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बन्नुभएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com