२०७८ आषाढ ०४, शुक्रबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, माघ ०६, २०७७    १८:३५:३९

६ माघ, झापा । कोरोना कहरको समयमा बन्द रहेको क्याम्पसको मासिक शुल्क फिर्ता लिन माग गर्दै आज अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले क्याम्पस परिसरमा  प्रर्दशन गरेको छ ।

चैत्र ११ गतेबाट मंसिर पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु सुरु गरेको हो ।

अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति बुझाएको थियो । विज्ञप्तिमा क्याम्पस बन्द रहेको समयको मासिक शुल्क लिने कार्य तत्काल रोक्न र लिईएका शुल्क पनि तत्काल फिर्ता गर्न माग गरिएको थियो। तर क्याम्पस प्रमुख बुढाथोकीले कुनै पनि हालतमा मासिक शुल्क फिर्ता नहुने बताएपछि विद्यार्थीहरु विरोधमा उत्रेका हुन् ।

दमक क्याम्पसको प्रसासनिक कार्यलय अगाडी आज भएको प्रर्दशनमा अनेरास्ववियूका नेता निशेष राई, क्याम्पस कमिटी अध्यक्ष भिजन चेम्जोङ लगायतले मन्तव्य राखेका थिए । क्याम्पस कमिटी सचिव आविश खनालले संञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले क्याम्पस बन्द रहेको समयको मासिक शुल्क मिनाहा गर, क्याम्पस प्रमुख मुर्दावाद, विद्यार्थी एकता जिन्दावादको नाराहरु लाएका थिए ।

क्याम्पस कमिटी उपाध्यक्ष तपस दुलालका अनुसार आउदो दिनहरुमा विरोधका कार्यक्रमहरुलाई अझै सशक्त रुपमा अघि बढाईने बताईएको छ । दैनिक जसो कार्यक्रमहरु गर्ने उनले बताए । भोली क्याम्पस प्रशासन घेराउ गर्ने र क्याम्पस प्रमुखको कक्षमा गएर शुल्क फिर्ता गर्न नारा लगाईने सेत बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com