२०७८ साउन १७, आइतबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, माघ १३, २०७७    १२:४८:४२

१३पुष,उर्लाबारी/गायक सत्यनारायण लामाको स्वोरमा रहेको कस्तो मेरो भाग्य गीतको भिडियो सावर्जनिक भएको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आज एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गर्नुभएको हो।लामाकै स्वर र शब्द रहेको उक्त गीतको भिडियो समाज रुपान्तरण टिभीले तयार पारेको कार्यक्रममा अभिषेक किरातीले जानकारी गराए।

उर्लाबारी नगरपालिका मेयर फागोले कला, संस्कृतिको संरक्षण र प्रर्बद्धनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।भाइरल बन्ने भन्दा पनि राम्रो र उत्कृष्टलाई ध्यान दिनु पर्नेमा उर्लाबारी संचार क्लबका अध्यक्ष सरोज बस्नेतले बताए। कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश नं. १ का रेखबहादुर तामाङ, किरात राई योयाख्खा मोरङ जिल्ला अध्यक्ष नाराहाङ्ग राई लगायतले बोल्नु भएको थियो ।

समाज रुपान्तरण टिभीका संस्थापक अध्यक्ष अभिषेक किराती मंगोलियनले मिडियामार्फत सामाजिक सेवाका कामहरु पनि अघि बढाएको बताउनुभयो । कार्यक्रम बर्षा राईको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन संचारकर्मी अबिन मेयाङ्ग्बो लिम्बुले गरेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com