जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले ओरियनस कम्पनीले भन्सार राजश्व छली गरी ल्याएका Dietary Supplements(खाध्यान्न परिपुरक्) बस्तुहरु बरामद गरेको छ।
जसमा संचालकहरु मध्य जितेन्द्र साह समेत पक्राउ परेका छन ।ग्लोवल ओरियन्स प्रा. लि. का. जि. का. म. न. पा. वडा न्ं १६ बालाजुमा दर्ता रहेको छ ।
ओरियन्सले यस्ता खाध बस्तु भण्डारण गरी बिक्री बितरण तथा ओसार पसार गर्ने गरेको गोप्य सुचनाका आधारमा संयुक्त प्रहरी टोली सो स्थानमा खटी गई संचालका जितेन्द्र साह सहित यि सामान बरामद गरिएको हो।
बरामद भएका सामानहरु कुल तीन करोड बराबरको रहेको जस्मा विल भएका सामनहरुको मुल्य रु ८७,२६,५२० (सतासी लाख छब्बिस हजार पाँच सय बीस) रहेको पनि दमक इलाका प्रहरी प्रसासनले जानकारी दिएका छन ।जितेन्द्र साह पक्राउ परे सँगै अन्य संलग्नहरुको पहिचान भई हाल फरार रहेकोले निजहरुको खोज तलास भई रहेको छ ।
पक्राउ परेको ब्यक्ती तथा सामान थप अनुसन्धान एव्ं कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरि, सुनसरीमा पठाईने प्रकृया रहेको पनि दमक ईलाका प्रहरिले कार्यालयले जानकारी गाराएको छ ।