२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, माघ १६, २०७७    ६:३७:४५

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्य सम्पादन सम्झौता गरिएको हो । कार्यसम्पादन करार पछि प्रतिष्ठानले काम शुरु गर्ने कार्यकारी निर्देशक शर्माले बताउनुभयो । उहाँले प्रशिक्षण कार्यविधि, सांगठनिक संरचना निर्माण लगायतका काम शुरु गरिने बताउनु भयो ।
प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करार पछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था उल्लेख रहेको कार्यकारी निर्देशक शर्माले बताउनुभयो ।
सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमताबद्धि, सञ्चारगृह संवन्धि नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसंधान, सूचनाको हक र पत्रकार आचारसंहिता संवन्धि सचेतना अभिबृद्धि लगायतका काम गर्ने छ ।
प्रदेश सरकार मन्त्री परिषदको गत पुस ६ गतेको बैठकले बरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com