१७माग,दमक/पुर्ब जनता समाजवादी युवा संघ नेपालको नाममा झापाको दमकमा यही माघ १९ गते हुने कार्यक्रमलाई समाजवादी युवा संघले नमान्ने भनिएको खबर भ्रामक रहेको बताइएको छन ।
पूर्व राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय युवा संघका प्रदेश नं १ का महासचिब अशोक क्षेत्रीले जानकारी गराए अनुसार यश कार्यक्रमको बिषयमा समाजबादी युवा संघका अध्यक्ष श्री सुब्बा संग भद्र सहमति भएको थियो।उक्त सहमति टोडेको जिकिर गर्दै उनले प्रेस बिज्ञापति जारी गरेकोमा पुर्ब राजपा निकट युवा संघको ध्यानाकर्षण भर्को महासचिवले बताएका छन।
पुर्ब राजपा निकट युवा संघको प्रदेश अध्यक्ष राेशन लिम्बुले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी श्री सुब्बा लगायतले पूर्व सहमति ताेडेकाे भन्दै आफूहरू माथि लगाएकाे आराेप फिर्ता लिन माग गरेका छन् ।बिज्ञाप्तीमा उल्लेख गरे अनुसार अन्तरिम बिधान,सामयोजन निर्देशिका २०७७ र पार्टी घोषण बिपरित गलत आक्षेप लगाएको समेत जिकिर गरेका छन।
समाजबादी युवा संघले जारी गरेको प्रेश बिज्ञापति कुनै पनि आधिकारिक नभएको समेत रोशन लिम्बुले जारे गरेको बिज्ञाप्तीमा जिकिर गरेका छन।
पुर्व राजपाको युवा संघका प्रदेश अध्यक्षको अनुसार यो १९ गतेको कार्यक्रम रोकिदैन,सबै नेता,कार्याकर्ताहरु निर्धक्क भएर कार्यक्रममा आउनुहोस।एक दुई जना बौलायो भन्दैमा पार्टीका कार्यक्रमहरु रोकिदैनन।
जनता समाजवादी युवा संघको आयोजनामा हुने भनिएको पार्टी प्रवेश र भेटघाट नामक सो कार्यक्रममा आधिकारिक रहेको र सो कार्यक्रममा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो प्रमुख अतिथि रहने भनी जानकारी गराइएको छ ।
नेता महतोसहित जसपाका कार्यकारिणी समिति सदस्य युवराज कार्की, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य भूराज राईको तस्वीर प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि भनी सार्वजनिक गरिएको छ ।