दमक । नेकपा दाहाल–नेपाल समूहको आम हड्तालको दमकमा सामान्य प्रभाव परेको छ । मुख्य बजरमा पसलहरु बन्द रहेपनि सहायक मार्गमा पसल र यातायात निर्वाध सञ्चालन भएका छन् । राजमार्गमा सार्वजनिक यातायातका साधन चलेका छैनन् भने ट्रकलगायतका ढुवानीका सवारी चलेका छन् ।
दमकमा अहिलेसम्म आन्दोलनकारीहरु नदेखिए पनि गणतन्त्र चोकमा दर्जन जति कार्यकर्ता झण्डा बोकेर बसेका छन् । प्रहरीले सुरक्षा व्यवस्थालाई दमकमा कडा बनाएको छ । अहिलेसम्म कुनै अप्रिय घटना नभएको र कसैलाई पनि नियन्त्रणमा लिनु नपरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताउनु भएको छ ।
तस्वीर ः कोशिश शिवाकोटी