२९माघ,दमक/ जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादवले तत्कालिन राजपाको प्रदेश स्तरको समितिहरु नै नभएको बताएपछि जसपा निकट प्रदेश १ का युवा संगठनले यादव गलत बोल्दै हिडेको आरोप लगाएका छन ।
‘जनता समाजवादी युवा संघ नेपाल’ले आज एक प्रेस विज्ञप्ती जारी गरी यादव माथि जातिवादी र सिखण्डी प्रवृत्तिको आरोप लगाएका छन ।
संघका अध्यक्ष रोशन लिम्बु सहित ९ जना पदाधिकारीहरुले संयुक्त बिज्ञाप्ती जारी गरी यादवको तुच्छ बोली पार्टीको हितमा नभएको जनाएका छन् साथै पुर्व राजपाकाे केन्द्रीय नेता भएर जिल्ला जिल्ला मा पुर्व राजपा छैन भन्दै हिढ्नु यसले राम्रो सन्देश नदिएकाे समेत बताए।
पूर्व राजपाका नेता यादवले गत मंगलबार झापाको दमकमा आयोजित क्षेत्रीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा पूर्व राजपाको कुनै पनि प्रदेशमा प्रदेश स्तरको समिति नभएको बताएका थिए ।
उनले भनेका थिए, ‘पूर्व राजपातर्फ प्रदेशस्तरमा समितिहरु थिएनन् । प्रदेश १ मा पनि छैन । कसैले छ भन्छ भने त्यो जालझेल मात्र हो । जालझेलले पार्टी बन्दैन, त्यस्तो काम गर्नु हुँदैन ।’
जसपाका प्रदेश १ का युवा संगठनबीच विवाद भइरहेको बेला नेता यादवले उक्त अभिव्यक्ति दिएपछि पूर्व राजपा निकटका युवाहरुले नै यादवमाथि जातिवादी र सिखण्डीको आरोप लगाएको हो ।
बिज्ञाप्ती