०१फाल्गुन,दमक/our generation youth circle एन्ड वडा न.०३ बाल संजालले संयुक्त रूपमा दमक स्थित आम चोकमा justice delay is justice denied भन्दै हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
निर्मला पन्त र भगिरथी भट्ट बलात्कार पछि हत्या भयो तर उनीहरुले अहिलेसम्म न्याय नपाएको कुरा उजागर गर्दै त्यसको बिरोध गरेको छ।
कार्यक्रममा उपस्थित युवाहरुले भगिरथी र निर्मला त एउटा घटनाको पात्र मात्र हुन तर यस्तै घरेलु हिंसामा परेको तर आवज बुलन्द गर्न डराइरहेको छोरिहरु धेरै छन।आखिर कहिले सम्म यो सब भन्दै उनीहरुले प्रश्न गरेका थिए।
हाम्रो समाजले छोरीहरुलाइ कपडा धुने,भाडा माझ्ने अर्थात् घरको काम गर्ने बाहेक केही सोचिनौ।हो त्यसैको परिणाम हो यो बलात्कार भन्दै वडा न.०३ बाल संजालका अध्यक्ष राज बुढाथोकीले आफ्नो कुरा राखे।
कार्यक्रममा उपस्थित युवाहरुको हातमा say no to rape,stop rape,सरकार भेटियो न्याय भेटिएन,justice delay is justice denied,stop sexual haresment लेखिएको पम्प्लेटहरु समेत थिए।कार्यक्रमको अन्तमा हार्दिक श्रद्धाञ्जली लेखी मैमबत्ती समेत बालेका थिए।