२०७८ आषाढ ०४, शुक्रबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, फाल्गुण ०४, २०७७    १७:४४:४६

सुनसरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताउनुभएको छ । मंगलबार वडा नं. ९ वडा कार्यालय भवनका शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको बिकाशमा कुनै असर नगर्ने बताउनुभएको हो । उहाँले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा नभएको वताउनुभयो ।
प्रमुख चौधरीले सम्पूर्ण ध्यान इटहरीको बिकासमा लगाएकाले युद्धस्तर विकास भइरहेको जानकारी दिनुभयो । इटहरीको विकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको अपेक्षा गर्नुभयो । उहाँले वडा कार्यालर्य भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकीएको समयमा काम सक्नुपर्ने बताउनुभयो । वडा नं ९ का भूपेन्द्र बरालले वडा कार्यलय भवन निमाण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
जिल्ला समन्वय समितका सदस्य चिरञ्जिवि बस्नेतले भवन निर्माण समयमै सक्नुपर्नेमा जोड निर्देशन दिनुभयो । ७२ लाख २९ लागतमा बन्ने वडा कार्यलय भवनका लागि समन्वय समितिको ५० र बाँकी उपमहानगरको रहने वडा वडा सदस्य गणेश केसीले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com