२०७८ कार्तिक ०६, शनिबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, फाल्गुण ०६, २०७७    ६:३४:२०

नेपाली कांग्रेसको १४औं महाधिवेसन भदौमा हुने भएको छ । हिजो बसेको बैठकले भदौ ७–१० गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार, आज बसेको केन्द्रीय समितिको बैठकले फागुनमा निर्धारण गरिएको महाधिवेसन सारेर भदौमा गर्ने निर्णय भएको हो ।
महाधिवेसनको मिति तय गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बैठकअघि सहमति भएको थियो । दुई नेताबीच सहमति हुन नसक्दा २ बजे हुने भनिएको बैठक साँझ ६ बजे बसेको थियो ।
विधानअनुसार वर्तमान केन्द्रीय समितिको ४ वर्षको कार्यकाल गत फागुनमै सकिएको छ । विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने भनी गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।
हिजो बसेको केन्द्रीय समिति बैठकमा महाधिवेसन क्यालेण्डर पनि प्रस्ताव गरिएको छ । सो क्यालेण्डरबारे थप छलफल हुन बाँकी छ । आज बस्ने बैठकमा त्यसबारे छलफल हुनेछ ।
स्थानीय तहको वडा अधिवेसन– असार २० गते, गाउँपालिका–नगरपालिका स्तरीय अधिवेसन– असार २२ गते, निर्वाचन क्षेत्र (प्रदेश) अधिवेसन – असार २५ गते गर्ने बैठकले तय गरेको छ ।
यसैगरी, निर्वाचन क्षेत्र (प्रतिनिधिसभा) अधिवेसन – असार २७ गते, जिल्ला अधिवेसन – असार ३० गते, प्रदेश अधिवेसन – साउन ६ गते, केन्द्रीय महाधिवेसन – भदौ ७–१० गते हुने तय गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com