२०७८ जेठ ०१, शनिबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, फाल्गुण १०, २०७७    १२:५८:०५

 

झापा — झापाको दमकमा सातौ दमक फुड फेस्टिवल २०७७ हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा यसबर्ष पनि फागुन २३ देखि फागुन २९ गतेसम्म दमकको पशुहाटमा दमक फुड फेस्टिबल फूडफेस्टिबलको आयोजना गरिएको संघले जनाएको छ ।
दमक क्षेत्रको आर्थिक, सामजिक तथा साँस्कृतिक बिकासका लागि आन्तरिक, धार्मिक, पर्यटकीय तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरि दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यको साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक भुपेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।

महोत्सवमा दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्रि, चिया प्रदर्शनी, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्वारा दैनिक साङ्गितिक कार्यक्रम, स्थानीय भेषभुषा झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको खानाको परिकारहरुको स्टलहरु रहने आयोजकले जनाएको छ ।

कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मुल समिती र अन्य विभिन्न उपसमिति हरु पनि गठन गरिएको छ ।
जसमा भुपेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक उपसमिति, काजी राउतको संयोजकत्वमा प्रचारप्रसार,गणेश अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, योगराज दंगालको संयोजकत्वमा सुरक्षा उपसमिति, मदन ढकालको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सुधिर प्रधानको संयोजकत्वमा अतिथि सत्कार र नन्द प्रसाद चम्लागाईको संयोजकत्वमा मञ्ज व्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मूल समितिका अतिरिक्त उपसमितिहरुले आआफनो तर्फबाट आवश्यक तयारी धमाधम गरिरहेका संघका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको उनले बताए ।

फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने छ भने प्रबेश शुल्क १ सय रुपैया कायम गरिएको संघले जनाएको छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com