२०७८ आषाढ ०४, शुक्रबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, फाल्गुण १०, २०७७    १७:१७:४६

दमक । जिल्ला प्रहरी कार्यालय मोरङले उर्लाबारीमा भएको प्रविण वास्तोलाको शंकास्पद घटनाको सम्बन्धमा छानविन गर्न प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । आइतबार स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेपछि प्रहरीले छानविन समिति गठन गरेको हो ।
शंकास्पद मृत्युको विषयलाई लिएर आज पनि मोरङको उर्लावारीस्थित इलाका प्रहरी कार्यालय तनावग्रष्त बन्न पुगेको छ ।


उर्लाबारी नगरपालिका वडा नं. ५ बस्ने ३१ वर्षीय प्रविण वास्तोलाको मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फितलो भन्दै पीडित पक्षले हिजोदेखि न्यायको याचना गर्दै प्रदर्शन गरेका छन् । गत पुस ५ गते वास्तोलाको मृत्यु भएको थियो । मृतकका पिता बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिनु भएको थियो ।
प्रहरीले फरेन्सिक रिपोर्ट आउन ढिलाई भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते नै छोडिदिएको थियो । प्रहरीले कानुन बमोजिम २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधी पूरा भएको भन्दै छोडेको थियो ।


पीडित पक्षले प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयको मिलेमतोमा घटनालाई गुपचुप बनाएको आशंका गरेका छन् । प्रहरीको अनुसन्धानमा शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित फोटो संलग्न गरेको भेटिएपछि प्रहरीले घटना ढाकछोप गर्न भुमिका खेलेको भन्दै पीडित पक्षले आक्रोष व्यक्त गरेका छन् ।
मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले हिजो पनि केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी विरुद्ध नारावाजी पनि गरेका थिए । आज पनि उनीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै नारावाजी गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com